काठमाडौं । अर्थ मन्त्रालयले पुस्तकमा लाग्दै आएको कर सम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णयबाट विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल हटाएको बताएको छ । अर्थ मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी नेपाली प्रकाशन गृहबाट प्रकाशित पुस्तक विदेशबाट छपाई गरी पैठारी गरेमा साबिक बमोजिमको १० प्रतिशत भन्सार