काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा यति संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजा ९९६ पुगेका छन् ।