काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा उत्साह देखिएको छ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार सेयर बजारमा उछाल देखिएको हो। मंगलबार बजार खुलेको केही समयमा नै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको हो।