नेप्से परिसूचक २१ सय बिन्दुबाट तल झर्यो, १७ अंकले घट्यो बजार, साढे ५ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार बजार १७.०४ अंकले बढेको हो ।
उक्त दिन बजार परिसूचक २१ सय बिन्दु तल झरेको छ । आज बजार परिसूचक २०९५ दशमलव २५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज होटेल तथा पर्यटन समूह सामानय २.३० अंकले बढेको छ । यी बाहेकका अन्य सबै समूहहरु राताम्य बनेका छन् ।
अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार पनि बजार ९.३२ अंकले घटेको थियो । तर, कारोबार रकम भने ६ अर्ब ४४ करोड ३० लाख माथि पुगेको थियो ।
तर, आइतबार भने बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । उक्त दिन ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ । आज १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर किनबेच भएको हो ।
उक्त दिन नेपाल फाइनान्सको सर्वाधिक ३० करोड ४० लाख बढीको सेयर किनेबच भएको छ । दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १८ करोड १९ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको हो ।
यस्तै, आज ङादी ग्रुपको १५ करोड २५ लाख, सिइडीवी हाइड्रोपावरको १३ करोड २७ लाख, समृद्धि फाइनान्सको १३ करोड १ लाख र बरुण हाइड्रोपावरको १० करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
