काठमाडौं । बैशाख मसान्तसम्मको अवधिमा प्रदेश सरकारहरुको कुल खर्च १ खर्ब ९ अर्ब १९ करोड रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार यस्तो देखाएको हो । त्यसैगरी, समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत परिचालन १ खर्ब ४२ अर्ब २८ करोड रहेको छ ।