काठमाडौं । अजोड इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद रद्द गर्न बीमा समितिलले निर्देशन दिएको छ । बीमा समितिले अजोड इन्स्योरेन्सलाई पत्र पठाउँदै हकप्रद निष्कासनको प्रस्ताव रद्द गर्न निर्देशन दिएको हो । बीमा समितिलाई थाहै नदिई अजोडले आफ्नो वार्षिक साधारणसभाको मुख्य प्रस्तावमा हकप्रद निष्कासनको एजेन्डा राखिएकाले रद्ध गर्न निर्देशन दिएको हो ।