काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस शेयर सूचिकृत भएको छ । नेप्सेले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था कम्पनीको ३० लाख कित्ता बोनस शेयर सूचिकृत भएको जनाएको छ । सूचिकृत भएको बोसन शेयर आजैबाट कोरोबार गरिने भएको छ ।