काठमाडौं । पछिल्लो समय शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । शेयर बजारको प्राथमिक बजारमा झनै लगानीकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ । थोरै लगानीमा धेरै आम्दानी हुने भएपछि लगानीकर्ता शेयर बजारमा आकर्षित भएका हुन् । १ सय रुपैयाँमा आईपीओ भरेर दोब्बर आम्दानी हुने देखेपछि लगानीकर्ताको आकर्षण बढेको हुनसक्छ ।