काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको भित्री कारोबार सम्बन्धमा भइरहेको अनुसन्धानबारे अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले गत साता पत्र पठाएर अनुसन्धानको अवस्थाबारे सोधेको हो । झन्डै पाँच महिनासम्म पनि अनुसन्धानको प्रतिवेदन सार्वजनिक नभएपछि त्यसबारे जानकारी मागिएको अर्थ मन्त्रालय