काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आईपीओ नआउने भएको छ । नेप्सेको सञ्चालक समितिले आईपीओ निष्काशनको प्रस्ताव नराखी नेप्सेको पुनःसंरचनासम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पठाएको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदकाअनुसार डेढ महिना अगाडी नै नेप्सेले प्रस्ताव मन्त्रालयमा पठाएको हो । विभिन्न विकल्प प्रस्ताव गरिएको र सरकार