काठमाडौं । लुम्बिनी विकासबैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले जेठ १६ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । सो ऋणपत्रमा आज बैंकिङ्ग समयभित्र आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र जारी गर्ने भएको छ ।