काठमाडौँ । आज यमपञ्चकको पहिलो दिन अर्थात् काग तिहार । नेपाली समाजमा यस्ता कयौँ जीवजन्तुको पूजा आरधना गर्ने अलग अलग पर्वहरु छन् । तर त्यसमा पनि कागको महत्व विशेष छ । केही वर्षअघि सम्म अधिकांश हिन्दु घरमा पहिले कागलाई खाना दिएरमात्रै मानिसले भोजन गर्ने प्रचलन थियो । तिहारको पहिलो दिन