७ कार्तिक २०८३, शनिबार

समाज

चुनावको मुखमा जनकपुर पुगे पूर्वराजा ज्ञानेन्द्र, माता जानकीको पूजाआरधना

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित माता जानकीको मन्दिर दर्शन गरेका छन् । सोमबार साँझ जानकी मन्दिर पुगेर शाहले पूजाअर्चनाका साथै दर्शन गरेका हुन्। जानकी मन्दिरमा पूर्वराजा शाहलाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले स्वागत गरेका थिए । उनलाई स्वागत गर्न हिजैदेखि भक्तजन र पूर्वराजाका समर्थकहरुले साजसज्जा गरेर मन्दिर सिंगारेका थिए