७ कार्तिक २०८३, शनिबार

समाज

१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ, बोधिचित्त माला खरिदको दाबी

काठमाडौं । काठमाडौं महानगरपालिका–६, बौद्ध नयाँबस्तीबाट १ करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार आइतबार राति वाङ जियान नामक ती विदेशी नागरिकको डेरामा छापा मार्दा उक्त रकम फेला परेको हो । पक्राउ परेका वाङले आफू बोधिचित्तको माला खरिद गर्न आएको दाबी गरे पनि रकमको