काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारत लैजान लागेको अवैध डलरसहित एक महिला पक्राउ परेकी छन् । अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट भारत लैजान लागेको अमेरिकी डलर ६० हजार १ सय सहित भारतीय महिला पक्राउ परेकी हुन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतीय ४० वर्षीया सोनी गुरूङ हुन् ।