नरेन्द्र ढकालगोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले किसानका लागि आकर्षक योजना अघि सारेको छ । त्यहाँका किसानले हाल बाझो रहेका जमिनमा खेती गरे अनुदान पाउने भएका छन् । ‘अनुपस्थित भु–स्वामित्वलाई निरुत्साहित गरी कृषि व्यवसायबाट स्वरोजगारी सृजना गर्नु हाम्रो मुख्य उदेश्य हो,’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भन्नुभयो, ‘यसले रोजगारीको सिर्जना गरी सम्भावित