काठमाडौँ । आज हरिबोधनी एकादशी एवम् तुलसी विवाह । यस दिन तुलसीलाई देवी लक्ष्मी र शालिग्राम (शिला)लाई भगवान विष्णुको स्वरुप मानेर यी दुईबीच विवाह गराइदिने परम्परा छ । तुलसीको उत्पत्ति नै संसारलाई संक्रमण र रोगबाट बचाउनका निम्ति भएको मानिन्छ । धार्मिक मान्यतामा तुलसीको सबैभन्दा सुन्दर वर्णन पद्म पुराणमा गरिएको छ