काठमाडौं । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनसहितको संक्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन मंगलवार मध्यरातदेखि माघ मसान्तसम्म लागू हुनेगरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बेग्लाबेग्लै आदेश जारी गरी भीडभाड हुने गतिविधिमा रोक लगाएका छन् । बढ्दो कोभिड–१९ संक्रमणको जोखिमलाई दृष्टिगत गरी काठमाडौं उपत्यकाका तीनओटै जिल्ला प्रशासन कार्यालयले