काठमाडौं । नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५’ शुक्रबारदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कला परिषद् बबरमहलमा आयोजित एक औपचारिक समारोहमार्फत महोत्सवको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्रमुख आधारका रूपमा रहेका कला, संस्कृति र सम्पदाको संरक्षण तथा