१ कार्तिक २०८३, आइतबार

पर्यटन

पोखरा विमानस्थल निर्माणमा अनियमितता: अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

काठमाडौं । पोखरा विमानस्थल निर्माणमा भएको अनियमिताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने भएको छ । विमानस्थलमा भ्रष्टाचार भएको निष्कर्षसहित प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले आयोगलाई अनुसन्धान गर्न निर्देशन दिने निर्णय गरेको हो । झण्डै साढे ४ घन्टा लामो छलफलपछि समितिले उपसमिति र पूरक मतसहितको प्रतिवेदन ग्रहण गर्दै अख्तियारमा पठाउने