खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप फैलिएको छ। केही सातायता फैलिएको फौजी किराको प्रकोपले वडा नं १ दिक्तेलस्थित नोभे र वडा नं ४ खाल्लेको बाँसबोटे र बाह्रबिसेलगायतका किसान चिन्तित बनेका हुन्। बाँसबोटे आसपासका ७० किसान र बाह्रबिसेका २० किसानले खेतमा लगाएको मकैबालीमा फौजी किराको