काठमाडौं । अमेरिकाले दक्षिण चीन सागरमा चीनको कुनै कानुनी अधिकार नभएको दावी गरेको छ । चीनले यस क्षेत्रमा सैन्य शक्ति बढाएको कुरालाई सार्वभौमसत्ताको रुपमा व्याख्या गरेको भन्दै अमेरिकाले आपत्ति जनाएको छ । यस क्षेत्रमा चीनले जबरजस्ती आफ्नो नियन्त्रण कायम राख्न चाहेको भन्दै अमेरिकाले यसलाई चीनले आफ्नो प्रतिज्ञा बिर्सेको आरोप लगायो