काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको सनसनीपूर्ण दाबी गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै ट्रम्पले अमेरिका र इजरायलले तेहरानमा गरेको संयुक्त आक्रमणमा खामेनीको मृत्यु भएको बताएका हुन्। ट्रम्पले यस घटनालाई इरानी जनता, अमेरिकी नागरिक र विश्वकै लागि ‘न्याय’ भएको टिप्पणी