२० भदौ २०८३, शनिबार

विश्व बजार

‘पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके, उनलाई रोक्नैपर्छ’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससामु नझुक्ने आफ्नो दृढ अडानलाई कायमै राखेका छन्। यसै साताको अन्त्यमा किएभस्थित सरकारी मुख्यालयमा भेट्दा उनले युक्रेनले युद्ध नहार्ने, बरु विजयी भएरै छाड्ने बताए। राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामका लागि राखेको सर्त- जसमा रुसले हजारौँ सैनिक गुमाउँदा पनि कब्जा गर्न नसकेका रणनीतिक क्षेत्रहरू युक्रेनले छोड्नुपर्ने भनिएको छ,