३ आश्विन २०८३, शनिबार

अर्थतन्त्र

‘स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुने नीति परिमार्जन हुँदैन’: अर्थमन्त्री

काठमाडौं । आन्तरिक राजश्व विभागको दुई दिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयकमार्फत् ल्याइएका नयाँ नीतिहरु फिर्ता नलिने बताएका छन् । उनले दीर्घकालीन रुपले देशलाई फाइदा पुग्नेगरी गरिएको व्यवस्था परिवर्तन नहुने बताए । मन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत् नेपालमै कच्चा फलामको प्रशोधन गर्ने, मोटरसाइकलको एसेम्बल गर्नेजस्ता उद्योगलाई