४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

मेची भन्सारबाट छुर्पीको निर्यात ३२ प्रतिशतले बढ्यो, ५ महिनामा ४८ करोड ५२ लाखको निर्यात

झापा । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ५ महिनामा पूर्वीनाका काँकरभिट्टा हुँदै ४८ करोड ५२ लाख ७३ हजार रुपैयाँ बराबरको २ लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले