काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेण्टलाई बुक बिल्डिङ विधीबाट प्राथमिक सेयर निष्काशन (आईपीओ) गर्ने अन्तिम स्वीकृति दिएको छ । सोमबार बसेको बोर्डको संचालक समितिको बैठकले कम्पनीलाई आईपिओ निस्काशन गर्ने अनुमति दिएको हो । २०७९ वैशाखमै कम्पनीले बुक बिल्डिङबाट सेयर जारी गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँग सम्झौता गरेको थियो ।