लगानी बाेर्डकाे सिईओमा भट्ट नियुक्त
काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेकाे छ ।
राष्ट्रिय याेजना अायाेगकाे सदस्य रहेका भट्टलाई सोमबार बसेको मन्त्रिपरिषद बैठक सिईअाेमा नियुक्त गरेकाे हाे ।
बोर्डको सीईओका बन्न १ दर्जन विज्ञले अावेदन गरेका थिए । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा बनेको सिईओमा छनाेट समितिले भट्टसहित डा. सरोज कोइराला, रामकृष्ण खतिवडालाई सिफारिस गरेकाे थियाे ।
बाेर्डका सिईओ रहेका महाप्रसाद अधिकारीलाई सरकारले गत चैत्रमा गभर्नरमा नियुक्त गरेपछि बाेर्ड कार्यकारी प्रमुख विहिन बनेकाे थियाे ।