प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्ष अग्रवालले लिए सपथ « Arthapath.com
३० भाद्र २०७७, मंगलवार

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्ष अग्रवालले लिए सपथ



काठमाडौं । निर्जीवन बिमा व्यवसाय गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा विशाल अग्रवालले आज नियामक निकाय बीमा समितिको अध्यक्षबाट चिरञ्जीवी चापागाईंबाट पद तथा गोपनीयताको शपथग्रहण लिएका छन ।

कम्पनीको भदौ २८ गते सम्पन्न सञ्चालक समितिको २०८औं बैठकले सर्वसम्मत रुपमा अग्रवाललाई अध्यक्ष नियुक्त गरेको थियो । भदौ २६ गते सम्पन्न कम्पनीको १८औं साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक बिजुक्छेलाई सञ्चालक निर्वाचित गरेको थियो ।

अध्यक्ष अग्रवाल मुलुकको प्रतिष्ठित व्यावसायिक घराना विशाल ग्रुपसम्बद्ध हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्