बेष्ट फाइनान्सको प्रमुख कार्यकारीमा भण्डारी, खराब कर्जा १ बर्षभित्र ५ प्रतिशतभन्दा तल झार्नुपर्ने « Arthapath.com
१ पुष २०७७, बुधबार

बेष्ट फाइनान्सको प्रमुख कार्यकारीमा भण्डारी, खराब कर्जा १ बर्षभित्र ५ प्रतिशतभन्दा तल झार्नुपर्ने



काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा उमेशसिंह भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई आगामी ४ वर्षका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

उनी यसअघि कुमारी बैंकमा कार्यरत रहेका थिए । भण्डारीले बुधबार नै कार्यभार सम्हाल्ने भएका छन् । कुमारी बैंकमा काम गर्नु अघि उनले काष्ठमण्डप डेभलपमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत पदमा बसेर काम गरेको अनुभव रहेको छ ।

उनलाई बेस्ट फाइनान्सलाई मर्ज गराउने सर्तसहित कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । त्यस्तै, कम्पनीमा रहेको १२ प्रतिशत खराब कर्जालाई एक बर्षभित्र ५ प्रतिशतभन्दा तल झार्नुपर्ने, घाटामा रहेको कम्पनीलाई नाफामा लैजानुपर्ने, कम्पनीलाई फाइनान्स कम्पनी वा क्षेत्रीय स्तरको विकास बैंकसँग गाभेर राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति गराउनुपर्ने लगायतका काम उनले गर्नुपर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्