महालक्ष्मी लाइफका नव नियुक्त अध्यक्षले लिए बीमा समितिबाट सपथ ग्रहण « Arthapath.com
४ फाल्गुन २०७७, मंगलवार

महालक्ष्मी लाइफका नव नियुक्त अध्यक्षले लिए बीमा समितिबाट सपथ ग्रहण



काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नव निर्वाचित संचालकहरुको फागुन ३ गते बसेको बैठकले संचालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको छ ।

फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले मनोरञ्जन रमण शर्मा, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो । साधारण सभा सम्पन्न भै सकेपछि भएको पहिलो बैठकले आगामी ४ वर्षको लागि अध्यक्षमा मनोनयन गरेको हो ।

अध्यक्ष मनोनयन पछि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम नव नियुक्त अध्यक्ष मनोरञ्जन रमण शर्मालाई बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले आजै बीमा समितिमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्