खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओमा मोहनप्रकाश चन्द नियुक्त « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओमा मोहनप्रकाश चन्द नियुक्त



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मोहनप्रकाश चन्द नियुक्त भएका छन् । कम्पनीको सिइओमा खुला प्रतिस्पर्धाबाट मोहनप्रकाश चन्दलाई नियुक्त गरिएको छ ।

गत चैत २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी ४ वर्षका लागि चन्दलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को निर्णयानुसार चन्दले गत बिहीबार नै प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरिसकेका छन् ।

विसं २०७४ असोजमा डा शिवहरि श्रेष्ठको कार्यकाल सकिएपछि कम्पनीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक सिइओका रुपमा रहँदै आएका थिए । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करीब ४ वर्षपछि नयाँ प्रमुख कार्यकारी अधिकृत पाएको हो । कैलालीका चन्द तत्कालीन खाद्य संस्थानका नवौँ तहबाट अवकाशप्राप्त कर्मचारी हुन् ।


प्रतिक्रिया दिनुहोस्