सुर्या लाइफको सीईओमा खड्का नियुक्त, बीमा समितिले दियो स्वीकृती « Arthapath.com
२५ जेष्ठ २०७८, मंगलवार

सुर्या लाइफको सीईओमा खड्का नियुक्त, बीमा समितिले दियो स्वीकृती



काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवनकुकार खड्का नियुक्त भएका छन । इन्स्योरेन्सको संचालक समितिले् यही जेठ १३ गते खड्कालाई सीईओ नियुक्तीको लागी बीमा समिति पठाएको थियो । बीमा समितिले मंगलबार खड्कालाई सिईओ नियुक्तीको चिठ्ठी दिएको हो ।

प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजिनामा दिएपछि सञ्चालक समितिको बैठकले डेपुटी जनरल म्यानेजर खड्कालाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो ।

बीमा समितिले खड्कालाई सीईअओ नियुक्तीको लागी अन्तिम स्वीकृति दिएको हो । बेलायतबाट चार्टर्ड एकान्टेण्टमा अध्यायन गरेका खड्का नेपाल लाइफ इन्स्योरेन्समा समेत काम गरेका थिए । उनिसंग अनुभव रहेका खड्कासँग बीमा, उत्पादन तथा प्रशोधन, हाइड्रो, शिक्षा, अडिटिङ, फाइनान्सियल कन्सल्टिङ लगायतका क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव छ ।


प्रतिक्रिया दिनुहोस्