लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ नियुक्त, कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई « Arthapath.com
१२ श्रावण २०७८, मंगलवार

लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ नियुक्त, कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई



काठमाडौं । सरकारले २ प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि धर्मनाथ यादव र गण्डकीमा सीता पौडेलको ठाउँमा शेरचन र गुरुङलाई नियुक्त गर्न लागिएको हो ।

त्यस्तै, मंगलबारको बैठकले कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई दिने निर्णय गरेको छ । शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् ।


प्रतिक्रिया दिनुहोस्