नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न इन्फिनिटीलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति « Arthapath.com
१७ श्रावण २०७८, आईतवार

नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न इन्फिनिटीलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति



काठमाडौं । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्मित स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकले इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिएको हो ।

राष्ट्र बैंकले साउन १५ गते शुक्रबार इन्फिनिटी र नेपाल एग्रो लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिएको हो । यसअघि नेपाल राष्ट्र बैंकले जेठ ११ गते प्राप्ति सम्बन्धि सैद्धान्तिक सहमति दिएको थियो ।

नेपाल एग्रो लघुवित्तको कास्की जिल्ला पोखरा महानगरपालिका १८, विन्ध्यावासिनीमा केन्द्रिय कार्यालय रहेको छ । इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तबीच प्राप्ति सम्बन्धि गत माघ २६ गते सम्झौता भएको थियो ।

इन्फीनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ः०.९८ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । नेपाल एग्रो लघुवित्तको १०० कित्ता सेयरलाई इन्फिनिटी लघुवित्तको ९८ कित्ता सेयर दिने गरी स्वाप रेसियो कायम गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्