संचय कोषको निमित्त प्रशासकमा धिताल नियुक्त « Arthapath.com
११ भाद्र २०७८, शुक्रबार

संचय कोषको निमित्त प्रशासकमा धिताल नियुक्त



काठमाडौं । कर्मचारी संचय कोषको निमित्त प्रशासको जिम्मेवारी जितेन्द्र धिताललाई दिईएको छ । यसअघि कर्मचारी संचय कोषका प्रशासक तुलसी गौतमलाई सरकारले हटाएपछि धिताललाई कामु प्रशासकको जिम्मेवारी दिईएको हो ।

कर्मचारी संचय कोषको निमित्त प्रशासकको जिम्मेवारी सह–प्रशासक जितेन्द्र धिताललाई दिइएको हो । मन्त्रिपरिषद्को बैठकले प्रशासक गौतमलाई बर्खास्त गरेपछि धिताले कामु प्रशासकको जिम्मेवारी पाएका हुन् ।


प्रतिक्रिया दिनुहोस्