कर्मचारी सञ्चय कोषको अध्यक्षमा पुष्कर नियुक्त, प्रशासक गौतम आज हाजिर हुने « Arthapath.com
२२ भाद्र २०७८, मंगलवार

कर्मचारी सञ्चय कोषको अध्यक्षमा पुष्कर नियुक्त, प्रशासक गौतम आज हाजिर हुने



काठमाडौं । अर्थ मन्त्रालयको राजश्व सचिव रहेका कृष्णहरी पुष्कर कर्ण कर्मचारी सञ्चय कोषको अध्यक्षमा नियुक्त भएका छन् । सरकारको राजश्व सचिव कोषको अध्यक्ष हुने परिपाटी रहेको छ । 

यसअघि राजश्व सचिव रहेका रामशरण पुडासैनीको गत साउन २३ गते अवकाश भएपछि कोष अध्यक्षविहीन बनेको थियो । सोमबार अर्थमन्त्री जनार्दन शर्माबाट राजस्व सचिव पुष्कर कर्णले कोषको अध्यक्षको शपथ लिएका छन् ।  कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।  

शनिवार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । कर्मचारी सञ्चय कोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ । शपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढङ्गले गर्न निर्देशन दिए  । 

उता साउन ३ गते सरकारले हटाएको प्रशासक तुलसीप्रसाद गौतम गत बिहीबारको सर्वोच्च अदालतको फैसलालाले पुनर्बहाली भएका छन् । गौतम पुनर्बहाली भए पनि कर्मचारी युनियनको अवरोधका कारण हाजिर भएका छैनन् । अध्यक्ष पुष्करले अध्यक्षता गरेपछि प्रशासक गौतम पनि मङ्गलवार हाजिर हुने बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्