एलआइसि छाडेका विपिन कुमार गुराँस लाइफ इन्स्योरेन्सको सीईओ नियुक्त, पर्सिदेखी कार्यभार सम्हाल्ने

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सको सीईओमा विपिन कुमार लाल नियुक्त भएका छन् । एक साताअघि एलआइसि नेपालको सहायक प्रबन्धक रहेका विपिन गुराँस लाइफको सीईओ नियुक्त भएका हुन ।
१८ वर्ष भारतीय लगानी रहेको एलआइसि नेपालमा काम गरेका विपिनसँग नेपालकै पुरानो एभरेडी ब्याट्रीमा समेत काम गरेको अनुभव छ ।
गुराँस लाइफका सीईओ नारायण कुमार भट्टराईले सञ्चालक समितिसँग विवाद परेपछि कम्पनी छाडेका थिए । २ साताअघि भट्टराईले कम्पनी छाडेपछि विपिनलाई सीईओ नियुक्त गरेको हो ।
हिजो आइतबार बसेको गुराँस लाइफ इन्स्योरेन्सको सञ्चालक समिति बैठकले सीईओ नियुक्त गरेको हो ।