सिटिजन लाइफ इन्स्योरेन्सका सिइओ पौडेलको कार्यकाल पुन थप हुँदै « Arthapath.com
८ पुष २०७८, बिहीबार

सिटिजन लाइफ इन्स्योरेन्सका सिइओ पौडेलको कार्यकाल पुन थप हुँदै



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओको कार्यकाल थप हुने भएको छ । इन्स्यनेरेन्सले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषकराज पौडेलको कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

उनको कार्यकाल यहि पुसबाट सकिदैछ । कार्यकाल सकिनुअघिनै इन्स्योरेन्सले उनलाई पुन सिईओ बनाउने निर्णय गरेको छ ।आगामी ४ वर्ष कायकाल थप गर्ने स्विकूति प्रदानको लागि बीमा समितिमा संचालक समितिले पत्र पठाएको छ । बिमा समितिले स्वीकृति प्रदान गरेपछि उनलाई संचालक समितिले अउदो ४ वर्षको लागि सिईओमा नियुक्त गर्ने छ ।

यसअघि पौडेल २०७४ माघमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस्