नेपाल लाईफको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुली नियुक्त « Arthapath.com
२५ पुष २०७८, आईतवार

नेपाल लाईफको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुली नियुक्त



काठमाडौं । नेपाल लाईफको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा प्रविण रमण पराजुली नियुक्त भएका छन् । नेपाल लाइफले पराजुलीलाई सिनियर डीसीईओमा आइबार नियुक्त गरेको हो । पराजुलीले आज देखि नै सिनियर डिसिओको कार्यभार सम्हालेका छन् ।

रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओ पदबाट गत साता बाहिरिएका थिए । रिलायन्स लाइफले पराजुलीको कार्यकाल थप नगरेपछि नेपाल लाइफामा प्रवेश गरेका हुन् । पराजुली नेपाल लाइफको सीईओ बन्नको लागि नेपाल लाइफ गएका हुन् । पराजुलीको ६ महिना कुलिङ पिरियड लाग्नेछ ।

त्यसैले उनी ६ महिनासम्म डीसीईओ भएर न काम गर्नेछन् । त्यो बेलासम्म नेपाल लाइफले अर्काे ब्यक्तिलाई नै सीईओ बनाउने छ । बीमकको संस्थागत सुशासन निर्देशिका पहिलो संशोधन २०७८ मा प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेको समयदेखि तीन महिना भित्र सीईओ नियुक्त गरिसक्नु पर्ने व्यवस्था गरेको छ ।

यसले गर्दा नेपाल लाइफको सीईओ बन्ने सपना केही समयका लागि सपना मात्रै हुनेछ । रिलायन्स लाइफमा पौष १२ गते सकिएपछि उनी कम्पनीबाट विदा भएका थिए ।


प्रतिक्रिया दिनुहोस्