रिलायन्स लाइफका सीईओ पोखरेलले सम्हाले कार्यभार « Arthapath.com
१३ माघ २०७८, बिहीबार

रिलायन्स लाइफका सीईओ पोखरेलले सम्हाले कार्यभार



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेल नियुक्त भएका छन् । कम्पनीले पोखरेललाई माघ १३ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो । सीईओ पोखरेलले आज नै कार्यभार सम्हालेका हुन् ।

पोखरेललाई सीईओ नियुक्त गर्न बीमा समितिले माघ ७ गते स्वीकृती प्रदान गरेको थियो । कम्पनी सञ्चालक समितिको पौष १४ गते बसेको बैठकले पोखरेललाई सीईओ नियुक्त छनौट गरी सिफारिस गरेको थियो । पोखरेल आगामी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन् ।

रिलायन्सको पूर्व सीईओ प्रविणरमण पराजुलीको कार्यकाल सकिएपछि बाहिरिएका थिए । चाटर्ड एकाउन्टेनसमेत रहेका पोखरेललाइ कम्पनीले सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

प्राइम लाइफबाट बीमामा करिअर सुरु गरेका पोखरेल ५ वर्षअघि नै सुर्या लाइफको एजिएम छाडेर आइएमई लाइफको जिएममा नियुक्त भएका थिए । आइएमई लाइफमा ६ महिना बिताएर बाहिरिएका पोखरेल आफ्नै अडिट फर्म चलाएर बसेका थिए ।


प्रतिक्रिया दिनुहोस्