हिमालयन जनरल ईन्स्योरेन्सले बीमा क्षेत्रलाई अनुशासित र मर्यादित बनाउँदै आएको छः सीईओ शाह « Arthapath.com
२ फाल्गुन २०७८, सोमबार

हिमालयन जनरल ईन्स्योरेन्सले बीमा क्षेत्रलाई अनुशासित र मर्यादित बनाउँदै आएको छः सीईओ शाह



काठमाडौं । नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनी हिमालयन जनरल ईन्स्योरेन्स कम्पनिले विजय बहादुर शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । उनले फाल्गुन १ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।

कार्यभार सम्हाल्दै सीईओ शाहले हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत जस्तो जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको बताए । हिमालयन जनरल ईन्स्योरेन्सले प्रदान गर्दै आएको निर्जीवन बीमा सेवाले बीमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको उनको बुझाइ छ ।

यो कम्पनीले आफ्नै एउटा गरिमामय परिचय र एउटा छुट्टै ईतिहास बनाएको उनले बताए । आफ्नो स्पष्ट उद्धेश्य र लक्ष्य लिएर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीलाई आफ्नो नेतृत्वमा सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने मैले प्रण गरेको सीईओ शाह बताउँछन् ।

यसअघि हिमालयन जनरल ईन्स्योरेन्समा २८ वर्षदेखि कम्पनीमा सेवा गर्दै आएका सुशील बज्राचार्यले ६ बर्ष महिनादेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए । उनको कार्यकालमा कम्पनीले निर्जीवन बीमाका ग्राहकहरुलाई पारदर्शी सेवा प्रदान गरि व्यवसायिक छविलाई बलियो बनाउँदै भविष्यको लागि बलियो आधार खडा गर्न सफल भएको थियो ।

हिमालयन जनरल ईन्स्योरेन्समा आवद्ध हुनुभन्दा अघि सीईओ शाह नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध थिए । उक्त कम्पनीमा ४ वर्षसम्म नेतृत्वदायी भूमिका प्रदान गर्दै कम्पनीलाई सकरात्मक छवि दिएका थिए ।

हिमालयन जनरल ईन्स्योरेन्सका संचालक समितीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले बीमा क्षेत्रमा उनको राम्रो अनुभव र बुझाई रहेको बताए । सीईओ शाहको कार्यकालमा नेपाल सरकारको लक्ष्य अनुरुप निर्जीवन बीमाका ग्राहकहरुलाई बढी भन्दा बढी सेवा प्रदान गर्दै यस उद्योगलाई नै उचाईमा पुर्याउन उल्लेखनीय योगदान रहने विश्वास अध्यक्ष श्रेष्ठले लिएका छन् । निर्जीवन बीमाको क्षेत्रमा यस कम्पनीको व्यवसाय वृद्धिमा उल्लेख्य भूमिका निर्वाह हुने र समस्त बीमा क्षेत्रकै स्तरोन्नती हुनेमा संचालक समिती विश्वस्त रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्