ज्योति लाइफ इन्स्योरेन्सको संचालकमा ६ जना चयन

काठमाडौं । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले संचालकमा ६ जना चयन भएका छन् । इन्स्योरेन्सको संचालकमा संस्थापक र सर्वसाधारण समूहतर्फबाट गरी ६ जना नयाँ संचालक चयन गरेको हो ।
इन्स्योरेन्सको संचालकमा संस्थापक शेयरधी समूह तर्फबाट नन्द किशोर शर्मा, आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन र जयन्त कुमार अग्रवाल चयन भएका छन् भने सर्वसधारण शेयरधनी समूहतर्फबाट कौशल नौलखा, प्रिया तायल निर्विरोध चयन भएका हुन् ।
इन्स्योरेन्सको फागुन ६ गते वाटरफ्रन्ट रिसोर्ट लेकसाइड पोखरामा सम्पन्न भएको चौथो वार्षिक सधारण सभाले ६ जना संचालकलाई चयन गरेको थियो ।
