मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा शाह नियुक्त, साउन १ देखी कार्यकाल लागु हुने  « Arthapath.com
३१ असार २०७९, शुक्रबार

मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा शाह नियुक्त, साउन १ देखी कार्यकाल लागु हुने 



काठमाडौं । हिमालयन र एभरेस्ट इन्स्योरेन्स मर्जरपछि आगामी साउन १ गते एकीकृत कारोबार हुँदैछ । मर्जरपछि हिमालयन एभरेस्ट इन्स्योरन्सको नामबाट आइतबारदेखि कारोबार हुनेछ । 

मर्जरपछिको सञ्चालक समितिले तत्कालीन हिमालयन जनरल इन्स्योरेन्सका सीईओ रहेका शाहलाई आगामी कार्यकालको लागी साउन १ गतेदेखि सीईओमा नियुक्त गरेको हो । 

मर्जरपछिको कम्पनीको अध्यक्ष मा हिमालयनका महेन्द्रकृष्ण श्रेष्ठ रहेका छन् । मर्जरपछि बन्ने कम्पनीको सीईओमा संचालक समितिले शाहलाई नियुक्त गरी बिमा समितिबाट स्वीकृति पाइसकेको बीमा समिति स्रोतले बताएको छ । 

यसअघि एनएलजी इन्स्योरेन्समा ८ वर्ष सीईओ चलाएका शाह पनि नेपाल इन्स्योरेनसमा ४ वर्षमा बजारको प्रतिस्पर्धी कम्पनी बनाएका थिए । गत फागुन १ गते हिमालयनको सीईओमा नियुक्त भएका शाह मर्जरपछिको कम्पनीको सीईओ बनेका छन् । 

हिमालयन एभरेस्ट इन्स्योरेन्सको डेपुटी सीईओमा कमल गौतम रहेका छन् । गौतम एभरेस्ट इन्स्योरेन्सको सीईओ रहेका थिए । करिब ३ दशक बीमा र बैङ्किङमा बिताएका गौतमले डुब्न लागेको एभरेस्ट इन्स्योरेन्सलाई सुधारेका थिए । 


प्रतिक्रिया दिनुहोस्