पौडेलद्वारा डेढ वर्षमै युनाइटेड इन्स्योरेन्सबाट राजीनामा, हिमालयन रि जाने तयारी   « Arthapath.com
९ आश्विन २०७९, आईतवार

पौडेलद्वारा डेढ वर्षमै युनाइटेड इन्स्योरेन्सबाट राजीनामा, हिमालयन रि जाने तयारी  



काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीकी सिईओ उपासना पौडेलले आज आफ्नो पदबाट राजीनामा दिएकी छिन् । कम्पनी स्रोतका अनुसार पौडेलले आजै राजीनामा दिएकी हुन् । उनको राजीनामा यसै साता बस्ने सञ्चालक समितिले स्वीकृत गर्ने जनाइएको छ । 

पौडेल हिमालयन रि इन्स्योरेन्स कम्पनीमा जान राजीनामा दिएको बताइएको छ । २०७८ साल वैशाख १६ गते युनाईटेड इन्स्योरेन्स कम्पनीको सिईओमा नियुक्त भएकी पौडेलले डेढ वर्ष नपुग्दै राजीनामा दिएकी हुन् ।

उनी पछिल्लो समय हिमालयन रि का मेजर प्रमोटर सुलभ अग्रवालसँग नजिक रहेकी छिन् । उनलाई हिमालयन रि तानेर छिमेकी भारतबाट व्यापार ल्याउन सहयोग पुग्ने भन्दै अग्रवालले आफ्नो कम्पनीमा भित्र्याउन खोजेका हुन् ।

भारतमा अध्ययन गरेर फर्केकी पौडेलले युनाईटेड इन्स्योरेन्स कम्पनीमा उल्लेख्य प्रगति गर्न सफल भएकी छिन् । गत आवमा कम्पनीको मुनाफा ३२ प्रतिशतले वृद्धि भएर १३ करोड ९६ लाख पुगेको छ । अघिल्लो आवमा कम्पनीले जम्मा १० करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्