डिसहोममार्फत अब आईपीएल क्रिकेट हेर्न पाइने « Arthapath.com
१७ चैत्र २०७९, शुक्रबार

डिसहोममार्फत अब आईपीएल क्रिकेट हेर्न पाइने



काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलहरु नेपालमा डिसहोमको प्रविधि मार्फत हेर्न पाइने भएको छ ।

पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले आइपिएल टिभीको सेवा शुभारम्भ गरेको हो । डिश मिडिया प्रोटोकलमा बेस्ड आईपी टीभीमा एचडी क्वालिटीमा खेल हेर्न सकिने भएको हो ।

अन्र्तराष्ट्रिय सिरिजहरु जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफुले चाहेको समयमा हेर्न सक्ने कम्पनीले जनाएको छ । लाईभ टिभीमा दैनिक विभिन्न स्र्पोटस्, सिरिज, मुभीहरु र रमाइलो टिभीमा एक्सक्युसिभ सिरियल भाग्य सिदुरको र आनन्दीसंगै अन्य सेवा प्रदायककोमा उपलव्ध नभएको सर्ट टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी लगायत २०० भन्दा वढि टिभी च्यानलहरु हेर्न सकिन्छ । ५ हजार घण्टा भन्दा वढि विभिन्न एप तथा फिचर्सहरु उपलव्ध रहेको छ ।

साथै,ग्राहकहरुले DTH लाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनेछन् भन्ने कम्पनीले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्