आइएमई पेको सुबिधा लिने १० सेवाग्राहीहरुलाई १०० प्रतिशत क्यासब्याक « Arthapath.com
३० चैत्र २०७९, बिहीबार

आइएमई पेको सुबिधा लिने १० सेवाग्राहीहरुलाई १०० प्रतिशत क्यासब्याक



काठमाडौं । आइएमई पेले नयाँ वर्ष २०८० को अवसरमा “आइएमई पे सँग २०८०, १०० प्रतिशत खुशी ” नामक अफर सार्वजनिक गरेको छ । अफर २०८० वैशाख १ देखि ३१ गते सम्म सञ्चालन हुने र प्रत्येक हप्ता आइएमई पेको विभिन्न सेवा सुबिधा प्रयोग गर्ने १० भाग्यशाली सेवाग्राहीहरुले १०० प्रतिशत क्यासब्याक गर्नेछन् ।

सो अफरमा सहभागी हुनका लागि सेवाग्राहीहरुले आइएमई पे मार्फत भिसा कार्ड, पि टु पि, क्यु आर, हावाई टिकट खरिद, रेमिट्यान्स लगायत आदी सेवा प्रयोग गरी कारोबार गर्नु पर्नेछ । ग्राहकवर्गलाई आइएमई पेबाट सजिलै विधुत्तिय भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ यो अफर सञ्चालन गरेको कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्