लक्ष्मी लघुवित्तको सीइओमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

लक्ष्मी लघुवित्तको सीइओमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त



काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुन्दर प्रसाद श्रेष्ठलाई नियुक्त गरेको छ ।

कम्पनीका हाल कार्यरत सीइओ प्रकाश राज शर्माको कार्यकाल बैशाख १७ गते समाप्त हुने भएको हुदाँ बैशाख १२ गते बसेको संचालक समितिले संस्थाका नायब महाप्रबन्धक श्रेष्ठलाई सीइओ नियुक्ति गर्ने निर्णय गरेको छ ।

उनलाई बैशाख १८ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्