ग्लोबल आइएमई लघुवित्त डेढगाँउ शाखाद्धारा प्रतिक्षालय हस्तान्तरण « Arthapath.com
२१ जेष्ठ २०८०, आईतवार

ग्लोबल आइएमई लघुवित्त डेढगाँउ शाखाद्धारा प्रतिक्षालय हस्तान्तरण



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त डेढगाँउ शाखाले आज (जेठ २१ गते) प्रतिक्षालय हस्तान्तरण गरेको छ ।

कम्पनीको शाखा कार्यालय डेढगाउँले आज बौदिकाली गाउँपालिका वडा नं–२ स्थीत प्रसिद्ध अकला देबि मन्दिर परिसरमा दर्शनार्थिहरुका लागि प्रतिक्षालय निमार्ण गरी एक कार्यक्रमकाबिच मन्दिर व्यवस्थापन समितीका अध्यक्ष टंक पुलामीलाई हस्तान्तरण गरेका छन् ।

सामाजिक उत्तरदायित्व कोष कार्यक्रम अन्र्तगत यस किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा समेत निरन्तरता दिने लक्ष्य कम्पनीले राख्यको छ ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टंक पुलामीले वित्तीय संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनमा समेत यस किसिमका सहयोगको अपेक्षा राखेका छन् ।

कार्यक्रममा संस्थाको तर्फबाट अनुगमन अधिकृत नबराज के.सी, शाखा प्रमुख अनिश पोख्रेल,गाँउपालिका तथा वडा प्रतिनिधि बुद्धिराज श्रेष्ठ, मन्दिर व्यवथापन समितिका पदाधिकारीहरु साथै समाजसेवि होमनाथ भट्टराई र स्थानीय बुद्धिजिवीहरुको उल्लेख्य सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्