समृद्धि फाइनान्सका ग्राहकहरुलाई होटल ठमेल पार्कमा विशेष छुट « Arthapath.com
१९ श्रावण २०८०, शुक्रबार

समृद्धि फाइनान्सका ग्राहकहरुलाई होटल ठमेल पार्कमा विशेष छुट



काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटल ठमेल पार्कबिच साउन १९ गते (आज) सम्झौता भएको छ ।

यो सम्झौता पछी समृद्धि फाइनान्सका ग्राहकहरुले उक्त होटलमा सेवा तथा सुविधाहरु लिए वापतको शुल्क समृद्धि फाइनान्सको मोबाइल बैकिङ्ग, डेविट कार्ड तथा क्यू.आर. प्रयोग गरी भुक्तान गर्र्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त होटलमा स्पामा २० प्रतिशत, फुड, वेभरेज तथा कोठामा १५ प्रतिशत छुट प्राप्त गर्ने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ ।

सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र होटल ठमेल पार्कका तर्फबाट व्यवस्थापक प्रमुख कृष्ण प्रसाद ढकालज्यूले हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्