सानिमा रिलायन्स लाइफले माग्यो छ वटा प्रदेशका लागि कर्मचारी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशि गर्दै छ प्रदेशका लागि कर्मचारी मागेको हो ।
कम्पनीले कोशि प्रदेशका बिर्तामोड शाखा, गौरदाह उपशाखा, ओखलढुङ्गा उपशाखा मधेश प्रदेशका बरहथवा उपशाखा, हरिवन शाखा लागि कर्मचारी मागेको छ । त्यस्तै, बाग्मती प्रदेशका बत्तीसपुतली उपशाखा, सामाखुसी उपशाखा, भक्तपूर शाखा, पाटन शाखा, फर्पिङ्क उपशाखा, चापागाउँ उपशाखाm बनेपा शाखा, चनौली उपशाखा र माडी उपशाखाका लागि कर्मचारी मागेको छ ।
साथै, गण्डकी प्रदेशका गल्कोट उपशाखा, हेम्जा उपशाखा, लुम्बिनी प्रदेशको परासी उपशाखा र कर्णाली प्रदेशको जुम्ला शाखाका लागि कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । जीवन बीमा बैंक तथा वित्तय संस्थामा अनुभविलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन १९ गते) ले ७ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।
